मन्त्रीहरुलाई राजीनामा दिन माधव नेपालको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । शुक्रबार बसेको पार्टीको पोलिटब्यूरोको बैठकमा अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरुलाई आग्रह गरेका हुन् ।

उनले शनिबारसम्ममा मन्त्रीहरु हेरफेर भइसक्ने पनि बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने जानकारी दिए ।

उनले भने, ‘ उहाँले हामीले गरेको निर्णय तपाईहरु कार्यान्वयन गर्न आफैँ लाग्नुहोस् भनेर आज मन्त्रीहरुलाई सम्झाउनुभएको छ ।’ अध्यक्ष नेपालले आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धनलाई प्राथमिकता दिइने बताए । उनले गठबन्धनले आफूहरुलाई मुख्य एजेण्डा बनाएको नबनाएकोमा ध्यान दिने उल्लेख गर्दै देशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेदवारी दिनेगरी तयारी गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

अध्यक्ष नेपालले विगतमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले गरेको व्यवहारलाई सुधार गर्न सकेमा गठबन्धनले बढी जित हासिल गर्ने बचाए । नेकपा (एकीकृत समाजवादी) ले शनिवार बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

यो पनि

पार्टी भन्दा बलिया मन्त्री

एकीकृत समाजवादीमा १० सांसदको ‘विद्रोह’, मन्त्री फिर्ताको निर्णय नमान्ने 

हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु माधव नेपाल र झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछः सचिव भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *