स्याम्पूको बट्टाभित्र विदेशबाट सुन ल्याउने युवक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । विदेशबाट अवैध तरिकाले ल्याएको सुनसहित एक युवक पक्राउ गरेका छन् । शुक्रबार बिहान सलाम एयरवेजको उडान नम्बर ४२७ मार्फत ओमनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रु र उनले ल्याएको सामान विमानस्थल भन्सार कार्यालयले चेक गर्दा अवैध तरिकाले ल्याएको सुन फेला परेका हो ।

सिरहाका निरञ्जन कुमार सिंहले सनसिल्क स्याम्पूको डब्बाभित्र स्याम्पू (झोल)सँगै मिसाएर १०० ग्राम सुन ल्याएका थिए । सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *