उपत्यकाका नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन अपिल

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि जारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएकाले हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ।

महाशाखाले एक सुचना जारी गर्दै नदी किनारको बाटो भइ यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सूचनामा भनिएको छ, ुहनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढ्दो छ, नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाऔ।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *