काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस

काठमाडौं। काठमाडौंमा आज यो वर्षकै बढी चिसो मापन गरिएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियस मापन गरिएको छ । जुन यो बर्षकै सबै भन्दा कम हो ।

पछिल्लो समय देशभर चिसो बढेसँगै चिसोबाट बच्न महाशाखाले अनुरोध गर्दै आएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *