मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

काठमाडौं, असार ९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ। उनको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो।

तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको क्षेत्राधिकारभित्र पर्ने भन्दै ५ गते नै दरपिठ गरिदिएका थिए। सोही दरपिठविरूद्ध निवेदकहरू इजलासमा पुगेका थिए। सोहीअनुसार बुधबार सर्वोच्च अदालतका न्यायाधीश टंक मोक्तानको एकल इजलासले रजिष्ट्रार पन्थीको दरपिठलाई बदर गरिदिएको छ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१६ अनुसार सांसदले ‘पालन गर्नुपर्ने आचार संहिता’ पालन नगरेको भन्दै अधिवक्ताद्वय किशोर पौडेल, अनुपम भट्टराई र कानुनकी विद्यार्थी रेजिना पौड्यालले सर्वोच्च प्रशासनमा सो रिट दर्ता गराएका थिए। रिटमा संविधानको धारा १३३ को उपधारा ९२० अनुसार ‘परमादेश’को आदेशसहित मन्त्री आलेको बर्खास्ती मागिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *