धादिङको धार्केमा किसानले लुटे काठमाडौं ल्याउँदै गरेको मल

काठमाडौं । मल बोकेका दुई वटा ट्रक धादिङको धार्केमा लुटिएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको मल बोकेका ट्रकको मल शनिवार स्थानीयवासीले लुटपाट गरेका हुन् ।

अवैध मल भएको फेला परेपछि सशस्त्र प्रहरीले ती ट्रक काठमाडौं ल्याउन लागेको थियो । प्रहरीका अनुसार झण्डै ४०० बोरा मल लुटिएको छ । अहिले बाँकी रहेको मलसहितको ट्रक काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *