सुनको भाउमा झिनो गिरावट

काठमाडौं। आज सोमबार सुनको भाउमा झिनो गिरावट आएको छ । आइतबार तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा झरेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर ९८ हजार ४ सय रुपैयाँ आईपुगेको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *