राप्ती हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

काठमाडौं। राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो ।

कम्पनीले यी जिल्लाका स्थानीयलाई ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता शेयर निष्काशन गरेको छ । आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार ७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने मुक्तिनाथ क्यापिटल सह बिक्रि प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *