पाँच वर्षअघि भएको बलात्कार घटनाका आरोपी प्रिन्सिपल पक्राउ

काठमाडौँ । सुनसरीको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपल बलात्कार आरोपमा पक्राउ परेका छन् । पाँच वर्षअघि विद्यार्थीलाई बलात्कार गरेको आरोपमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

खड्कामाथि २०७४ साउन २६ गते एक गेस्ट हाउसमा पुर्याएर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप छ । टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरी सुनसरी प्रहरीमा बुझाउन लगिएको सीआईबीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *