काठमाडौं महानगरपालिकाः अब ७ हजार ५ सय ७ मत गणना गर्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार १ लाख ८३ हजार ६ सय ७९ मतगणना भइसकेको छ।

काठमाडौंमा १ लाख ९१ हजार १ सय ८६ मत खसेको थियो। अब ७ हजार ५ सय ७ मत गणना गर्न बाँकी छ।काठमाडौं महानगरका ३२ वडामध्ये २९ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। अहिले वडा नं १४, १५ र १६ गरि तीन वडाको मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *