राष्ट्रिय फूटबल टोलीको कप्तानमा नवयुग नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीको कप्तानमा फरवार्ड नवयुग श्रेष्ठ नियुक्त भएका छन् । अखिल नेपाल फूटबल संघ(एन्फा)ले मंगलबार नवयुगलाई कप्तानको जिम्मेवारी सुम्पेको जनाएको हो ।

प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । टोलीका कप्तान किरण चेम्जोङलाई प्रशिक्षक अल्मुताइरीले टिममा सामेल नगरेपछि कप्तानको पद रिक्त रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *