निर्वाचनमा हारेपछि जगन्नाथले भने ‘विशेष कार्यक्रममार्फत फेरि आउँछु’

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारी दिएका कांग्रेसका बागी नेता जगन्नाथ पौडेलले आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै विशेष कार्यक्रममार्फत छिट्टै जनताको सामिप्यमा आउने प्रतिबद्धता जनाएका छन् ।

महानगरपालिकामा निर्वाचित नगर प्रमुख रेणु दाहाल र नगर उपप्रमुख चित्रसेन अधिकारीलगायत निर्वाचित सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणना बाट मलाई प्राप्त प्रत्यक्ष करिब १५ हजार र बदर मत समेत करिब १० हजार गरी २५ हजार महानगरबासी मेरा मित्र सचेत र स्वाभिमानी काँग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवी समेत बाट प्राप्त माया स्नेह र सहयोग का लागि हार्दिक आभार एवं कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रम मार्फत तपाईहरुको सामिप्यमा आउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु धन्यवाद तथा जय नेपाल ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *