USAID

कांग्रेस नेता जोशीको स्वास्थ्य अवस्था बुझ्‍न एमाले महासचिव अस्पतालमा

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।

चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । नेपाली कांग्रेसका नेता जोशीले एमालेसँग तालमेल गरी कैंची चिह्न लिएर मेयरको उम्मेदवार बनेपछि उनी आक्रमणमा परेका थिए ।

महासचिव पोखरेलसँगै उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य डा राजन भट्टराई, पोलिटब्यूरो सदस्य पार्वत गुरुङसमेत अस्पताल पुगेका थिए । आक्रमणबाट जोशीको टाउको र जीउमा चोट लागेको थियो । उक्त घटनापछि मतदान केन्द्रमा चुनाव स्थगित भएको थियो भने निर्वाचन आज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *