भारतबाट नेपालमा १ अर्ब ६० करोडको बासमती चामल आयात

काठमाडौं । भारतबाट नेपालमा बासमती चामलको आयात उच्च मात्रामा भएको छ । आर्थिक वर्ष (भारतीय) २०२०/२१ को तुलनामा आर्थिक वर्ष २०२१/२२ भारतबाट नेपालमा भएको बासमती चामलको आयातमा करीब १०८ प्रतिशतले वृद्धि भएको छ ।

जब कि सो वर्ष भारतको कुल बासमती चामलको निर्यातमा भने २३ प्रतिशतले ह्रास आएको थियो । आर्थिक वर्ष सन् २०१७/१८ मा भारतको कुल बासमती चाामल आयातमा नेपालतर्फको हिस्सा ०.०६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२१/२२ मा यो प्रतिशत ०.४४ प्रतिशत पुगेको छ ।

नेपालको भूबनोट बासमती चामल उत्पादन अनुकूल हुँदाहुँदै पनि सरकारको कृषि उत्पादन निरुत्साहन नीति तथा रेमिट्यान्स सृजित आयका कारण नेपालमा बासमती चामलको उत्पादन घट्ने र आयात बढ्ने क्रम शुरू भएको हो ।

विशेषगरी बढ्दो शहरीकरण, वैदेशिक रोजगारका कारण श्रमिकको अभाव, भूमिमा सुरक्षित लगानीको प्रत्याभूतिको अभाव, व्यावसायिक अमैत्री कानूनी संरचना, सडक सृजित भूस्खलन र कटान तथा भूमिको विषयमा अति राजनीतीकरणका कारण कृषक पलायन हुने क्रम बढ्दो छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *