पर्यटनमन्त्री आलेको गृह गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडामा एमालेको प्यानल नै विजयी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेको गृह गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ।

डोटीको जोरायल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहोरा विजयी भएका हुन्। ओझाले ३४ सय ४९ मत ल्याएका छन् भने बोहराले ३५ सय ९९ मत ल्याएकी छन्।

अध्यक्षमा पराजित नेपाली कांग्रेसका दीपक विष्टले ३४ सय १२ मत ल्याएका छन्। उपाध्यक्षमा पराजित चन्द्रकुमारी साउदले ३५ सय १७ मत ल्याइन्। जोरायलको अध्यक्ष, उपाध्यक्षसहित चारवटा वडामा पूरै प्यानल एमालेले जितेको हो। वडा न १, २, ४ र ६ मा पनि एमालेले जित दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *