मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनीले दुई हजार ८६९ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत पाएका छन् । यसैगरी उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित भएका छन् । उनी दुई हजार ५९८ मतसहित विजयी भएका हुन् ।

यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा( माओवादी केन्द्र)का राजन लिम्बू निर्वाचित भएका छन् । उनले दुई हजार ६६० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गरेका छन् । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष हुन । यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *