काठमाडौंकाे मेयरमा बालेन र उपमेयरमा सुनिता अग्रस्थानमा

काठमार्डौं । काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल ४४५३ मत गणना गर्दा बालेनले १५८७ मत प्राप्त गरेका हुन्। सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ८८७ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले ८२२ मत ल्याएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *