डडेल्धुरा । नेकपा माओवादी र नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएपछि डडेल्धुरामा दुई वटै पार्टीले पहिलो खाता खोलेका छन् । भित्री मधेश जोगबुडाको परशुराम नगरपालिका–१ मा माओवादीबाट लालबहादुर धामी बिजयी भएका छन् ।
४३९ मत प्राप्त गरी उनी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । ६८ मतअन्तरले निकटतम प्रतिद्धन्दीलाई पछि पार्दै उनी निर्वाचित भएका हुन् ।
यस्तै नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार यज्ञबहादुर देउवा भित्रीमधेशकै आलिता गाउँपालिका–१ मा निर्वाचित भएका छन् । उनी निर्वाचित भएसँगै एमालेले पनि स्थानीय तहको निर्वाचनमा खाता खोल्न सफल भएको छ ।
उनले ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनीसँगै हिमा ओली ४२४ र दलित महिला सदस्यमा नारदादेवी कामी ३९२ मत प्राप्त गरी बिजयी भएका छन । उनको प्यानलमा रहेका खुला सदस्य प्रकाश थापा र तुलाराम बोहरा पराजित भए ।
खुला सदस्यमा नेपाली कांग्रेसबाट रामबहादुर बोगटी र कृष्ण खड्का बिजयी भएका छन । बिजयी भएका प्रतिनिधीहरुलाई एक कार्यक्रमको आयोजना गरी औपचारिकरुपमा घोषण गरिने निर्वाचन अधिकृत मदनराज जोशिले जानकारी दिए ।
अध्यक्षमा निर्वाचित देउवासँग नेपाली काँग्रेसका गम्भिरसिंह बोहराले ३७७ मत प्राप्त गरे । बोहरा देउवासँग ८० मतले पराजित भए । यस वडामा रहेका कुल मतदाता संख्या १३६७ मध्ये ९५७ मत खसेको थियो । राजधानी दैनिकबाट