काठमाडौं। विहान ८ बजेदेखि सुरु गर्ने भनिएको काठमाडौं महानगरपालिकाको मतगणना दुई घण्टा ढिलोगरी सुरु भएको छ । राष्ट्रिय सभा गृहमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो । वडा नम्बर १ र ३२ बाट मतगणना सुरु भएको हो ।
यसपटकको निर्वाचनमा मेयर पदका लागि नेकपा एमालेबाट केशव स्थापित, नेपाली काँग्रेसबाट सिर्जना सिंह र स्वतन्त्र उम्मेदवार बालेन साहलाई मुख्य प्रतिस्पर्धी मानिएका छन् ।