चितवनको राप्ती, कालिका र इच्छाकामनामा एमालेमा अगाडि, माडीमा माओवादी, खैरहनीमा कांग्रेसको अग्रता

चितवन । चितवनको खैरहनी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार शशि खनियाँले सुरुवाती अग्रता लिएका छन् ।

१८७ मतगणना हुँदा कांग्रेस उम्मेदवार खनियाँले ९३ मत पाएका छन् भने एमालेका लालमणि चौधरी ५९ मत पाएका छन्।

त्यस्तै, राप्ती र कालिका नगरपालिकामा र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार अगाडि छन्।

राप्ती नगरपालिमा ३०० मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेल १५२, गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका शमशेर लामाले १०३ मत पाएका छन्।

कालिका नगरपालिकामा २ सय मत गन्दा एमालेका विनोद रेग्मीले ८१ र कांग्रेसका शिवराम केसीले ८७ मत पाएका छन्।

इच्छाकामनामा २०० मत गणना हुँदा एमालेका दानबहादुर गुरूङले ९४ र कांग्रेसकी गीता गुरूङले ८० मत पाएकी छन्।

माडीमा ३५० गणना हुँदा माओवादी केन्द्रका ऋषि काफ्लेले १४३ र एमालेकी ताराकाजी कुमारी महतोले १२७ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *