को हुन् वालिङ-११ का कांग्रेसतर्फका वडा अध्यक्ष उम्मेदवार डण्ड पानी पंगेनी ?

वालिङ । यतिबेला देशभरी चुनावी माहोल तातेको छ, गाउँ शहर बजार चोकमा उम्मेदवार र पार्टीको प्रचार प्रसार व्यापक रूपमा भएको छ । यस्तै वालिङमा पनि चुनावी माहोल तातेको छ ।

नेपाली कांग्रेसबाट वालिङ -११ मा वडा अध्यक्षका रुपमा डण्ड पानी पंगेनीलाई पार्टीले अगाडि सारेको छ । उनी विगत लामो समय देखि नेबिसंघ, तरुण दल, शिक्षक संघ, ट्रेड यूनियन कांग्रेसबाट विभिन्न तह र तप्कामा बसेर काम गरेका प्रभावशाली युवा नेता हुन् । पंगेनी साविक क्षेत्र नं २ का नेपाल शिक्षक संघका सभापति भएर विगत लामो समय देखि शिक्षकका हकहित र विद्यालयलाई कसरी सुधार्न सकिन्छ भनेर काम गरेका छन् ।

उनी ट्रेड यूनियन कांग्रेस स्याङ्जाका जिल्ला उपाध्यक्ष पनि हुन् । पंगेनी गएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट स्याङ्जा क्षेत्र नं २(क) का प्रदेश सचिवमा अत्यधिक मतका साथ विजयी भएका थिए । उनी विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य पनि हुन् । उनी नेपाली कांग्रेस स्याङ्जामा बौद्धिक नेताका रुपमा परिचित छन् । पंगेनी जनताको सुख, दुःखमा साथ दिने नेताका रुपमा चिनिने गरेका छन् ।

पंगेनीले आफूले वडा अध्यक्ष जितेको खण्डमा वडा नम्बर ११ लाई नमूना वार्डका रुपमा चिनाउने प्रयास गर्ने कुरा व्यक्त गरेका छन् । उनले केही प्रतिवद्धता पनि जनाएका छन् । कृषिको बजारीकरण र आधुनिकरण, पूर्वाधारको विकास, पर्यटनको प्रवर्दन, सिपमुलक तालिम, महिलाहरुलाई सशक्तीकरणका तालिमहरुको आयोजना, शिक्षामा सुधार, बालउद्यान, वृद्ध वृद्धाका लागि विभिन्न कार्यक्रम, स्वास्थ्यमा सबैको पहुंच, खानेपानी, भष्टाचार मुक्त बनाउने लगायतका कामहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

स्थानीयबासीहरुले पनि पंगेनीले समाजका निम्ति राम्रो काम गर्ने र उनलाई जिताउनका लागि आफूहरु लागि पर्ने कुरा बताएका छन् । पंगेनी सादा जीवन उच्च विचारमा विश्वास गर्छन् यही कारणले गर्दा पनि उनको जीत सुनिश्चित भएको आम वडा बासीले बताउने गरेका छन् । वालिङ नगरपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार मेयरमा दिलीप प्रताप खाड र उप मेयर मा कविता तिवारी रहेका छ्न् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *