USAID

दुई जना उम्मेदवारको मृत्यु

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मौन अविध सुरु हुन एक दिन अघि दुई जना उम्मेदवारको मृत्यु भएको छ । कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखका उम्मेदवार शुभावति कुर्मी र दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षमा एमालेबाट उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी कुर्मीको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा हृदयघातका कारण मृत्यु भएको हो । चौधरीको पनि उपचारका क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित उनी चुनाव प्रचारको क्रममा विरामी परेका थिए ।

CivActsAd

Leave a Reply

Your email address will not be published.