चलचित्र ‘के घर के डेरा’को शुभमुहूर्त

काठमाडौं । शुक्रबार दीपेन्द्र के खनाल निर्देशित सिनेमा ’के घर के डेरा’को स्वंयम्भूस्थित हारती माता मन्दिरमा शुभमुहूर्त गरिएको छ । सिनेमाको शुभमुहूर्तसँगै एक दृश्य पनि छायाँकन गरिएको थियो । अहिले शुभमुहूर्त गरिएपनि सिनेमाको नियमित छायाँकन जेष्ठ २ गतेबाट मात्रै गरिने निर्देशक खनालले जानकारी दिए ।

सिनेमाको छायाँकन तालिका ३० दिनको राखिएको छ । सिनेमाको सम्पूर्ण छायाँकन काठमाडौं उपत्यकामा नै गरिनेछ । निर्देशक खनालले सिनेमामा आफ्नो हरेक सिनेमामा दर्शकले पाउने सम्पूर्ण खुराक पाउने विश्वास व्यक्त गरे । ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने सिनेमाका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिनेमामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

सिनेमाका मुख्य अभिनेता विपिन कार्कीले निर्देशक खनालसँगको दोस्रो सहकार्यले उत्साहित बनाएको बताए । सिनेमाले काठमाडौंमा बस्ने सम्पुर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाईको अनुभव साटे । यही वर्ष रिलिज तयारी रहेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ ।

सिनेमामा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *