नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७७ गायन विधाकी नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा उनले कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गरेकी हुन् ।

विभिन्न विधामा गरी नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७७ नारायणदास कार्की ढली, प्रदीप उपाध्याय, उमेश पाण्डे, एसपी कोइराला, कुन्ती मोक्तान, राजकुमार श्रेष्ठ, बि बि थापा, शहदेव ढुङ्गाना, प्रभु ढकाल, शिला पन्त, सीताराम पोखरेल, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कादम्बिनीले प्राप्त गरेका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७७ अरुण तिवारी, सन्तोष श्रेष्ठ, निशा देशार र शिव परियारलाई प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७७ डिपी दाहाल, अर्जुन पोखरेल, सिन्धु मल्ल र अजर जङ्गमले प्राप्त गरेका छन् । नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन तथा वाद्य पुरस्कार एलिस कार्की ढली पाएका छन् । नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर र दिवाकर मैनालीले पाएका छन् । नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, २०७७ अमृतहिरा तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार कृष्ण कँडेलले प्राप्त गरेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गरिन् । उनका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको उनको भनाइ छ । समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म सङ्गीत सिर्जनामा लागेको उल्लेख गरे । पुरस्कृत व्यक्तित्व एसपी कोइरालाले पुरस्कारले थप जिम्मेवार बनाएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *