सडक विस्तारमा सेनाः एक हजार चार सय किमी सडक र ३५ बेलीब्रिज हस्तान्तरण

काठमाडौ । नेपाली सेनाले एक हजार ४१२ किलोमिटर सडक तथा ३५ वटा बेलीब्रिजको निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारको प्राथमिकतामा परेका राष्ट्रिय गौरवका सडक आयोजना अन्तर्गत २०६ किलोमिटर सडक निर्माणको चरणमा रहेको सेनाले जनाएको छ।

भौगोलिक विकटताका कारण सडक विस्तार हुन नसकेको तथा मौसमी प्रतिकुलता र कडा चट्टानयुक्त क्षेत्रको सडक विस्तारको काम सेनाले गर्दै आएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काठमाडौं तराईरमधेसरद्रुतमार्ग सडक आयोजना (फास्ट ट्रयाक) तथा अन्य तीनवटा राष्ट्रिय गौरवका आयोजना निर्माणको जिम्मा सेनाले लिएको छ।

जसअनुसार उत्तररदक्षिण करिडोर सडक आयोजनाअन्तर्गत चीनको सिमाना जोड्ने राष्ट्रिय प्राथमिकताका दुई वटा परियोजना निर्माणको जिम्मासमेत सेनाले पाएको छ।

राष्ट्रिय गौरवका सडक आयोजनामध्ये, कोशी करिडोरअन्तर्गत खाँदवारी(किमाथाङ्का सडकमा पर्ने च्याम्ताङ्गरघोघङ्पा सडकखण्डको करिब १०.५ किमी चट्टानयुक्त भू-भागको सडक, कर्णाली करिडोर सडकअन्तर्गत खुलालु-लैफु-सलिसल्ला सडकखण्डको एक सय २२.७५ किमी सडक निर्माण सम्पन्न भइसकेको छ।

त्यस्तै कालिकोटस्थित घाटपारी भुक्काखोला र हुम्लाको लालिबगर–दुल्लीकुना खण्डको करिब २४.५ किमी कडा चट्टानयुक्त भू-भागको सडक विस्तार जिम्मा सरकारले सेनालाई दिएको छ।

कालिगण्डकी करिडोर अन्तर्गतको सडक सेनाले निर्माण पुरा गरेर गत माघमा सडक विभागलाई हस्तान्तरण गरेको थियो। सरकारले पहिलो प्राथमिकतामा राखेको बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ्ग सडक खण्डको करिब ९२ किमी र दार्चुला-टिङ्कर सडकखण्डको करिब ७९ किमी सडक निर्माणाधीन अवस्थामा रहेको सेनाले जनाएको छ। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *