USAID

गठबन्धनका कारण खोसिए महिलाले पाउनुपर्ने पद

तनहुँ ।आसन्न स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २ लाख ४४ हजार ३ सय ४० मतदाता कायम छन्। पुरुषको तुलनामा महिला मतदाताको संख्या १० हजार ७२ बढी छ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले दिएको जानकारीअनुसार १ लाख १७ हजार १ सय ३४ पुरुष र १ लाख २७ हजार २ सय ६ महिला मतदाता छन्। महिला मतदाता बढी भए पनि जिल्लामा स्थानीय तहको अध्यक्षरप्रमुख पदमा महिलालाई उम्मेदार बनाउन कन्जुस्याइँ गरिएको छ। ठूला दलले नै महिलालाई स्थानीय तहको नेतृत्व हाँक्ने अवसर दिएका छैनन्।

जिल्लामा १० स्थानीय तहको प्रमुखरअध्यक्ष बन्नलाई ७२ जनाको उम्मेदवारी परेको छ। जसमा आठजना मात्रै महिला छन्। उपप्रमुखरउपाध्यक्ष पदका लागि ५६ जनाले उम्मेदवारी दिएका छन्, जसमा ११ जना पुरुष छन्। जिल्लाका ८५ वडामा वडाध्यक्ष बन्नलाई ४ सय ८ जनाको मनोनयन दर्ता भएकोमा १७ महिलाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

सत्तारूढ दल नेपाली कांग्रेसले म्याग्दे गाउँपालिकामा मायादेवी रानालाई अध्यक्षको उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले देवघाट गाउँपालिकाको अध्यक्षमा सुशीला नेपाललाई उम्मेदवार बनाएको छ। व्यासको मेयरमा मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट अनिता थापा मगर, नेकपा मालेबाट अन्जना थापा, स्वतन्त्रबाट पार्वती कार्की, जनमुक्ति पार्टीबाट मीना थापाको उम्मेदवारी दर्ता भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बन्दीपुर गाउँपालिकाको अध्यक्ष बन्नलाई भगवती पौडेल र आँबुखैरेनीको अध्यक्षमा रोजिना श्रेष्ठले उम्मेदवारी दिएका छन्। गठबन्धन गरेका दलले त महिलालाई उपप्रमुखमा पनि स्थान दिन सकेनन्। गएको निर्वाचनमा उपप्रमुखमा सीमित महिलालाई गठबन्धनले भुलेको छ।

जिल्लाको भिमाद नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टी गठबन्धन गरेर निर्वाचन लड्दैछन्। गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले मेयरमा र नेपाली कांग्रेसका मिलन आलेले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *