युक्रेन र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगान र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीबीच फोन वार्ता भएको छ । उनीहरुका बीचमा हाल युक्रेनमा जारी रहेको रुसी आक्रमणका बारेमा कुराकानी भएको टर्कीको विदेश मन्त्रालयले जनाएको छ । खासमा युक्रेन संकटका बारेमा नै उनीहरुबीच कुराकानी केन्द्रित भएको बताइएको छ ।

युक्रेनको मारिउपुलमा पछिल्ला केही दिनयता रुसले जारी राखेको आक्रमणका कारण ठूलो क्षति पुगेको छ र यहाँका नागरिकहरुलाई उद्धार गर्नुपर्ने अवस्था रहेको छ । यस विषयमा दुई देशका राष्ट्रपतिबीच कुराकानी भएको बताइएको छ ।

मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार नै टर्कीका राष्ट्रपति एर्दोगानसँग संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । गुटर्रेस सोमबार टर्कीको राजधानी अंकारा पुग्दैछन् ।

महासचिव गटर्रेसले युक्रेनमा जारी रहेको हिंसात्मक आक्रमणका विषयमा कुराकानी गर्ने बताइएको छ । युक्रेनमा युद्धविरामका लागि टर्कीले पहल गर्दै आएको छ । टर्कीकै पहलमा यसअघि पनि रुस र युक्रेनका बीचमा पटक पटक वार्ता पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *