ट्याक्सीमा नयाँ भाडादर लागू

काठमाडौं । बागमती प्रदेश सरकार, श्रम रोजगार तथा यातायात मन्त्रालयले ट्याक्सीमा नयाँ भाडादर लागू गरेको छ । हालै बसेको बागमती प्रदेशको मन्त्रीस्तरीय निर्णयबाट ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण बागमती प्रदेशभित्र सञ्चालन हुने ट्याक्सीमा नयाँ भाडादर लागू गरिएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यसअघि सुरु (फ्लाग डाउन)मा १४ रुपियाँ रहेको भाडादर बढेर ५० रुपैयाँ पुगेको छ । त्यसमा प्रतिदुई सय मिटरमा १० रुपेयाँका दरले भाडादर बढ्दै जानेछ । यो भाडादर बिहान ४ बजेदेखि राति ९ बजेसम्म लागू हुने जनाइएको छ । यस्तै विद्युतीय ट्याक्सीका लागि फ्लाग डाउन ५० रुपैयाँ र प्रति दुई सय मिटरमा नौ रुपियाँका दरले बढ्दै जानेछ ।

रात्रिकालीन विद्युतीय ट्याक्सीका लागि सुरुको फ्लाग डाउन १३ रुपैयाँ र प्रतिदुई सय मिटरमा १३ रुपैयाँका दरले भाडा बढ्दै जानेछ । हाल विद्युतीय ट्याक्सी भने सञ्चालनमा छैनन् ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले प्रदेशभरि नयाँ भाडादर निर्धारण गरेर लागू गरिएको जानकारी दिए । अब नयाँ दर्ता हुने ट्याक्सी विद्युतीय हुनुपर्ने निर्णय भएको उहाँले जानकारी दिए । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *