पल शाहलाई सर्वोकृष्ट नायकको उपाधि

काठमाडौं । नाबालिकालाई बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले सर्वोकृष्ट नायकको उपाधि जितेका छन् । चलचित्र विकास बोर्डमा सोमबार भएको एक कार्यक्रममा अभिनेता पल शाह सार्वोकृष्ट नायक चुनिएका हुन् ।

बक्स अफिस फिल्म अवार्डमा पल सर्वोत्कृष्ट नायक ठहरिएका हुन् । अवार्डमा ‘म यस्तो गीत गाउँछु – २’ चलचित्र हाबी रह्यो । सर्वोकृष्ट नायिकाको उपाधि म यस्तो गीत गाउँछु – २ कि नायिका पूजा शर्मा र सर्वोकृष्ट निर्देशकको अवार्ड सुदर्शन थापाले जितेका छन् ।

त्यस्तैगरी वर्षको उत्कृष्ट चलचित्र पनि ‘म यस्तो गीत गाउँछु– २’ नै घोषित चुनियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *