कस्तो रहला आज दिनभरको मौसम?

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने भएको छ । उक्त वायुको प्रभावका कारण राजधानीमा छिटपुट वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *