USAID

पन्ध्र वर्षमा चौध सरकारः द्वन्द्वपीडितका घाउ आलै

काठमाडौं । दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागिन्। अनिताले बाटैमा कलम जस्तो लाग्ने वस्तु भेट्टाइन् । असीम खुसीसाथ कलम भनेर टिपेको वस्तु एक्कासि विस्फोट भयो । त्यस घटनामा घाइते भएकी अनिताले दायाँ हात गुमाउनु प-यो ।

त्यस्तै २०६४ वैशाख ३१ गते जमिनमुनि छापिएको विद्युतीय धराप विस्फोटमा परी लमजुङकी १७ वर्षीया सुनिता घलेको दाहिने खुट्टा गुम्यो । विस्फोटमा शरीरभित्र छिरेका छर्रा अझै निकाल्न सकिएको छैन । २०६३ असार १२ गते म्याग्दीको बेनीका सुरेन्द्र खत्री भारतीय सेनामा नाम निस्केको खुसी साट्न गाउँ पुगे ।

साथीहरूसँग फुटबल खेल्ने र गाईवस्तुसमेत चराउने भन्दै निस्केका खत्रीले जङ्गलमा फेला पारेको प्लास्टिकको पोको खोल्ने क्रममा विस्फोट भयो । विस्फोटबाट शरीर क्षतविक्षत भएका खत्रीको लामो उपचारपछि ज्यान त बच्यो तर दुवै हात काट्नु पर्दा सदाका लागि गुमाउनु प९यो । २०६० जेठ ५ गते नेपाली सेनालाई लक्षित गरी हानेको बम घरमा परी विस्फोट हुँदा म्याग्दीका भीमबहादुर रिजालले परिवारका तीन सदस्य गुमाए ।

२०६२ जेठमा त चितवनको माडीस्थित बाँदरमुढेमा तत्कालीन विद्रोही समूहले राखेको धराप विस्फोट हुँदा ४० जनाको घटना स्थलमै मृत्यु भयो । सोही घटनामा गम्भीर घाइते लेखनाथ अधिकारीले उपचारको अभावमा अपाङ्ग जीवन भोग्नुपरेको छ ।

२०५२ मा नेकपा (माओवादी) सुरु गरेको १२ वर्षे सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही समूह तथा राज्य पक्षबाट भएका त्रुटिका कारण सर्वसाधारणले भोग्नु परेका क्षतिका प्रतिनिधि घटना हुन् यी ।

त्यसपछि सशस्त्र द्वन्द्वको अन्त्यका लागि गरिएको ‘विस्तृत शान्ति सम्झौता २०६३’ भएको पनि १५ वर्ष बितेको छ । यसबीचमा तत्कालीन विद्रोही पक्षसमेत सम्मिलित १४ सरकार फेरिएका छन् तर पनि पीडितका घाउ भने आलाका आलै रहेको पीडितको गुनासो छ । यो समाचार गोरखापत्र दैनिकमा छ।

CivActsAd

Leave a Reply

Your email address will not be published.