USAID

सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए

काठमाडौं । ‘राम्रोसँग बस्नुहोला । म एक वर्षपछि आउँछु, अनि नयाँ घरमा सरौंला ।’ सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ स्थायी घर भएका ३२ वर्षीय अनिल गुरुङले बाबु लालबहादुर गुरुङलाई अफ्रिकी मुलुक कंगो जानुअघि यही भनेका थिए । तर, दुर्भाग्य, उनी आफ्नो जन्मभूमि नेपाल नै फर्कन पाएनन् । नेपाल नै फर्कन नपाएपछि आफूसहित नयाँ घरमा सर्ने त कुरै भएन ।

सुर्खेतमा अनिलको टायलले छाएको घर छ, जहाँ उनका बाबुआमा बस्छन् । टायलले छाएको सो घरबाट बाबु आमालाई पक्की घरमा सार्ने उनको योजना थियो । यसका लागि उनले एकतले घर पनि बनाउन सुरु गरिसकेका थिए । सो घर पूर्णरूपमा बनिसकेको छैन । प्लास्टरसहितका काम बाँकी नै छन् । नेपाली सेनामा कार्यरत अनिल संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्यूआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फामा कार्यरत थिए । उनी गत ७ पुसमा कंगो गएका थिए ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार, शान्ति सेनाको नेपाली टोलीलाई विद्रोही मिलिसियाले आक्रमण गर्दा अनिलको निधन भएको छ ।

अनिलको निधन सेनाका प्रवक्ता सिलवालले भने, ‘मंगलबार हतियारधारी समूहले कंगोको इतुरी प्रान्तको बाली भन्ने क्षेत्र कब्जा गर्न खोज्दा शान्ति सेनाहरूले सशस्त्र विद्रोही समूहको कब्जा तोड्दै त्यो क्षेत्र सुरक्षित गरिसकेका थिए । सेनाको प्रत्याक्रमणपछि हतियारधारी जत्था भागिसकेका थिए, भागेका हतियारधारी समूहले अज्ञातस्थलबाट गोली प्रहार गर्दा अनिल गुरुङले वीरगति प्राप्त गरे ।’

सैनिक प्रवक्ता सिलवालका अनुसार, ‘अपरेसन बाली’का सिलसिलामा यो घटना हुन गएको हो । प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा यो कारबाही चलाइएको थियो । कारबाहीमा विद्रोहीको अब्जेटिभ कब्जा गरी जमिन होल्ड गरेपछि विद्रोहीबाट भएको फायरमा उनी घाइते भएका थिए । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । राजधानी दैनिकबाट

CivActsAd

Leave a Reply

Your email address will not be published.