काठमाडौं । अदालतबाट एक करोड २५ लाख जरिवाना बिगो तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले फरार रहेका काठमाडौंको बूढानीलकण्ठका ६८ वर्षीय कृष्णबहादुर थापालाई बारा जितपुर सिमरा उपमहानरपालिका–४ बाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले २०७७ मंसिर २२ गते बैंकिङ कसूरमा एक करोड २५ लाख र जिल्ला अदालत काठमाडौंले १ वर्ष कैद सजाय तोकेको थियो ।
