एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को जारी केन्द्रीय समितिको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय चुनावको घोषणापत्रको बारेमा छलफल हुने जनाइएको छ ।

आज घोषणापत्रमा समावेश गर्ने एजेण्डा र निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे छलफल हुनेछ । यसअघि हिजोको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको १५ पृष्ठको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा जित्ने आधार प्रस्तुत गरिएको थियो ।

बुधबार ओलीले आफू नेतृत्वको सरकारले गरेको कामहरूको विवरण प्रस्तुत गर्दै चुनाव जित्नका लागि १८ बुँदे आधार प्रस्तुत गरेका छन् । पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान दिएको अध्यक्ष ओलीको राजनैतिक प्रतिवेदनमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *