देशभरका यातायात कार्यालयका सेवा बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले सर्भरमा समस्या देखिएको भन्दै देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ ।

सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार बेलुकी ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । अब सर्भरको समस्या समाधान भएपछि मात्रै सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सेवा सुरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *