USAID

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बबरमहलस्थित कार्की ब्यांकेटमा अहिले ११ बजेदेखि सुरु हुने बैठक स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहनेछ। आजको बैठकमा चुनावी घोषणा पत्र तथा उम्मेदवार चयनको मापदण्ड र अन्य दलहरुसँग सम्भावित तालमेलको विषयमा पनि छलफल गर्ने तयारी रहेको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गर्ने राजनीतिक प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले पेश गर्ने सांगठनिक प्रतिवेदनमाथि छलफल हुदैछ। आजको बैठकमा सातै प्रदेशका अध्यक्षहरूले पनि रिपोर्टिङ गर्ने एजेन्डा रहको छ।  बैठक भोलिसम्म चल्ने छ।

CivActsAd

Leave a Reply

Your email address will not be published.