दलहरुको गठबन्धन जोडघटाउ

काठमाडौं, चैत ८ । स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा यसपटक गठबन्धन नै नगरी दलहरू मैदानमा जाने हो भने नेकपा एमाले बलियो देखिन्छ। तर पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने हो भने एमालेको अवस्था कमजोर हुने देखिन्छ। यो पाँच वर्षअघि दलहरूले प्राप्त गरेको मतलाई आधार मानेर गरिएको विश्लेषण हो। यसलाई आधार मानेर दलहरूले तालमेल गर्ने हो भने उनीहरू सही ठाउँमा पुग्न नसक्ने विज्ञहरू बताउँछन्।

राजनीतिक दलले स्थानीय स्तरमा कस्तो भूमिका खेलेका छन् र त्यसले आम जनतामा कस्तो प्रकारको मनोविज्ञान निर्माण गरेको छ भन्ने कुरा नै मतपरिणाममा निर्णायक हुने हुँदा स्थानीय तहको निर्वाचनको परिणाम नहेरीकन यसै भन्ने अवस्था नदिएको विज्ञहरूको तर्क छ। तर दलहरूले बाहिर जे भने पनि नयाँ जनादेश लिने क्रममा गठबन्धन गरे परिणाम राम्रो आउने र नगरे नराम्रो आउने भन्ने आशंकामा रुमल्लिएका छन्। सत्तासहयात्रीमध्ये कांग्रेस गठबन्धन गर्नेनगर्ने दोधारमा देखिन्छ।

माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन कायमै राख्न जोडबल गरिरहेका छन्। एमालेभित्र पनि गठबन्धनको कुरा उठेको छ। एमालेले एक्लै निर्वाचनमा भाग लिने कुरा गरिरहेका बेला सो दलको पोलिटब्युरो बैठकमा नेता घनश्याम भुसालले गठबन्धनबिना एमाले पनि कमजोर हुनसक्ने बताएका छन्। उनले कम्युनिस्ट पार्टीहरूबीच गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा गएमा एमाले पहिलो पार्टी बन्ने उनले बताएका छन्।नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *