व्यापार घाटा मासिक डेढ खर्ब

काठमाडौं। विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ। यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ।

पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो। पोहोर सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६३ अर्ब रूपैयाँ थियो। गत वर्ष १२ महिनाको अवधिमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब रूपैयाँ रहेकोमा यो वर्षको आठ महिनामै साढे ११ खर्ब बढी पुगेको आजको नागरिक दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *