USAID

निर्यातमा ऐतिहासिक कीर्तिमान

काठमाडौं। मुलुकको निर्यात व्यापारमा यसपालि ऐतिहासिक रेकर्ड नै कायम भएको छ । चालू आवको बितेका आठ महिना गत फागुन मसान्तसम्म नेपालले कुल १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख रुपैयाँ बराबरको निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ को एक वर्षको अवधिमा कुल निर्यात १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ बराबरको रहेको थियो । यससँगै निर्यात व्यापारले ८ महिनामै नयाँ रेकर्ड राख्न सफल भएको विभागले जनाएको छ । गत आवमा इतिहासमै पहिलोपटक १ खर्बमाथिको निर्यात पुगेकोमा सो रेकर्ड तोड्दै यस वर्ष निर्यातले उत्साहजनक रेकर्ड राखिरहेको विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म भने ९७ अर्ब ७० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । यस वर्ष निर्यातमा ४४ दशमलव ४३ प्रतिशतको वृद्धि भएको छ । निर्यातलाई आन्तरिक उत्पादनले भन्दा पनि आयात भएर पुनः रिप्याकेजिङ गरेर बाहिर पठाउने दुई वस्तुले ऐतिहासिक उचाइमा पु¥याएको हो ।

नेपालको निर्यातमा सबैभन्दा धेरै हिस्सा पाम तेल, सोयाबिन तेल, भटमास तेललगायतको छ । आठ महिनामा तेस्रो देशबाट आयात भएर ८४ अर्ब बराबरको तेल भारत निर्यात भएको छ । यो भनेको कुल निर्यातको ५७ प्रतिशत हो ।

यसैगरी, इन्डोनेसिया, मलेसियालगायत देशबाट ६३ अर्ब बराबरको पाम, भटमास तेलको आयात भएको छ । यी वस्तु तेस्रो देशबाट आयात भएर भारत निकासी हुने गरेको छ । नेपाली व्यावसायीले भन्सार महसुलको फाइदा लिएर धमाधम निर्यात गरिरहेको तथ्यांकले देखाएको छ । तर, यसमा भ्यालु एड भने हुने गरेको छ । निर्यातमा ६३ अर्ब बराबरको भने अन्य वस्तु रहेको छ । निर्यात हुने अन्य वस्तुमा ओभन फेब्रिक जुट रहेको छ । यो अवधिमा ४ अर्ब बराबरको निर्यात भएको छ ।

यस्तै, कार्पेट कार्पेट ३ अर्ब ३९ करोड बराबरको अमेरिका निर्यात भएको छ । यसैगरी, अलंैची भारतीय बजारमा ३ अर्ब २३ करोड मूल्य बराबरको निर्यात भएको छ। अन्य सामग्रीमा धेरैजसो धागोकै उत्पादन रहेका छन् ।

चालू आर्थिक वषको बितेका आठ महिना साउनदेखि फागुनमसान्तसम्ममा झन्डै २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनाको अवधिमा १ खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ बढीको पेट्रोलियम पदार्थको आयात भएको हो । राजधानी दैनिकबाट

CivActsAd

Leave a Reply

Your email address will not be published.