मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, ५ जना घाइते

बैतडी । बैतडीको पाटनमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हिजो साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएर दुर्घटना हुँदा सुर्नया(३ का २५ वर्षीय दुर्गा चन्दको मृत्यु भएको हो । उनको उपचारका लागि डडेल्धुरा लैजादै गर्दा बाटोमानै मृत्यु भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा सुर्नया(३ का ३५ बर्षीया माधवी चन्द, ३५ बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट रहेका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

यस्तै समान्य घाइते भएका सुर्नया(३ कै २८ बर्षीया निर्मला चन्द र ३३ बर्षीया पार्वती बिष्ट पाटनमा उपचार पछि घर फर्किएका छन् । ट्रक चालक पाटन ४ का विरेन्द्र खत्री फरार रहेका र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *