USAID

म्यादी प्रहरीः एकै दिन ३० हजार जनाको आवेदन

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी माग गरेकोमा आइतबार एकै दिन ३० हजार व्यक्तिको आवेदन परेको छ ।

प्रहरी प्रधान कार्यालयले गत मंगलबार एक सूचना जारी गर्दै १ लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको थियो । म्यादीमा भर्ती हुनका लागि योग्यता पुगेका नागरिकले ६ चैत देखि ११ चैतसम्म दर्खास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार म्यादी प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनु पर्नेछ । यस्तै, दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने बताइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले आइतबार ७७ वटै जिल्लामा गरी म्यादी प्रहरीमा भर्ना हुनका लागि करिब ३० हजारको आवेदन परेको जानकारी दिए । उनका अनुसार काठमाडौंमा मात्रै १ हजार २ सय ५६ जनाको आवेदन परेको छ । राजधानी दैनिकबाट

CivActsAd

Leave a Reply

Your email address will not be published.