मोरङको लेटाङमा झडप, एक प्रहरी गम्भीर घाइते

विराटनगर । मोरङको लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माविमा अध्ययनरत १२ वर्षीया बालिकालाई सोही विद्यालयका शिक्षकले जबर्जस्ती प्रयास गरेको आरोपपछि झडप भएको छ । आइतबार दिउँसोबाट नै स्थानीय र विधार्थी विरोधमा उत्रिएका हुन् । शिक्षक मनोज पौडेलले विद्यार्थीलाई जबर्जस्ती प्रयास गरेको आरोप लगाइएको छ ।

कार्वाहीको माग गर्दै विद्यार्थी र स्थानीय विरोधमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थानीयका अनुसार गत शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर जबर्जस्ती प्रयास गरेका थिए ।

लेटाङ–३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को२७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

प्रहरीले मे १ च ६६२ नम्बरको एम्बुलेन्समा राखेर घाइते विद्यार्थी, प्रहरी र शिक्षकलाई उद्दारको प्रयास गरे पनि विद्यार्थी र अभिभावकले ढुंगामुढा गरेपछि केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र विद्यार्थीबीच झडप हुँदा एक महिला प्रहरी जवानसमेत घाइते भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *