USAID

सोमपालको तीन विकेटमा नेपालको शानदार शुरुवात

काठमाडौं । तीव्रगतिका बलर सोमपाल कामीले तीन विकेट लिएपछि नेपालले आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत युएईविरुद्ध जारी खेलमा शानदार शुरुवात गरेको छ । सोमपालले युएईका शुरुवाती तीन ब्याट्सम्यानलाई पभिलियन फर्काउँदै नेपाललाई उत्कृष्ट शुरुवात दिलाएका हुन् ।

दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलको १० ओभरको समाप्तिमा युएईले ३ चिकेटको क्षतिमा ३५ रन जोडेको छ । युएईका ओपनर मुहम्मद वासिम २७ बलबाट ३ चौकाको सहयोगमा २१ रन जोड्दै सोमपालको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट भए । हाल युएईका चुन्दान्गापोयिल रिजवान र असिफ खान समान २/२ रन बनाउँदै क्रिजमा छन् ।

सोमपालले ५ ओभरमा १४ रन खर्चिएर ३ विकट लिएका छन् ।

आज हुने खेलमा नेपाल सिरिजमा लगातार दोस्रो जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो । जीतसँगै नेपाल ९ खेलबाट १० अङ्क जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।

पपुवा न्युगिनीविरुद्धको खेलमा फेरि एकपटक नेपाली टोलीको ब्याटिङ कमजोर देखिएको थियो । शुरुवाती ४ ब्याट्सम्यानलाई सस्तैमा गुमाएपछि पाँचौ विकेटको लागि अरिफ शेख र रोहित कुमार पौडेलले सतकिय साझेदारी गर्दै नेपाललाई जीततर्फ डोर्याएका थिए । त्यसैले तुलात्मक रुपमा बलियो रहेको घरेलु टोली युएईविरुद्ध जीत निकाल्न नेपालको दुवै ब्याटिङ र बलिङ चल्न जरुरी रहेको छ ।

नेपाललाई आजको खेलमा बदला लिने अवसरपनि रहेको छ । ओमानमा भएको आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना समाप्त भएको थियो । त्यसैले नेपाल आजको खेल जित्दै बदला लिन चाहन्छ ।

यता युएईलेपनि सिरिजको पहिलो खेलमा पीएनजीलाई ७ विकेटले पराजित गरेको थियो । हाल युएई १५ खेलबाट १८ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । युएईले आफ्नो पछिल्लो ५ एकदिवसीय खेल मध्य ३ खेलमा जीत निकाल्दा दुई खेलमा पराजित भएको छ ।

दुई टोलीबीच भएको पछिल्लो ४ भेटमा दुवै टोलीले २/२ खेल जितेका छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.