पहिलो जीतको खोजीमा नेपाल

काठमाडौं । भारतमा जारी साफ यु-१८ महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । जम्शेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ ।

पहिलो खेलमा भारतसँग फराकिलो हार बेहोरेको नेपाल आज हुने खेल जित्दै प्रतियोगितामा पहिलो जीत निकाल्न चाहन्छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग ७-० गोलको फराकिलो हार बेहोरेको थियो । डिफेन्समा बराम्बार चुकेको नेपाल आजको खेलमा गल्ती सुधार्दै जीत दर्ता गर्न चाहन्छ ।

यता बंगलादेशपनि आजको खेल जित्दै प्रतियोगिताको शुखद शुरुवात गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

प्रतियोगितामा मात्र तीन राष्ट्र नेपाल भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा सर्वाधिक अङ्क जोड्ने टोली च्याम्पियन बन्नेछ ।

नेपाली टोली:- सावित्री किसान(गोलकिप्पर), लिला जोशी(गोलकिप्पर), पुजा थापा(गोलकिप्पर), सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिभ्या यसमाली मगर, दिपा शाही, हिमा रावल, सरस्वती हमाल, प्रिती राई(कप्तान), सुनकला राई, अन्जली मचामसी, सराह ब्रजचार्य, जेनिफर राना, सरिश्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *