टोटेन्हामको सहज जीत

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा टोटेन्हामले सहज जीत निकालेको छ । गएराति भएको खेलमा ब्रिघटनलाई २-० गोलले पराजित गर्दै टोटेन्हामले शिर्ष चारको सम्भावना जीवीत राखेको हो ।

अमेरिक एक्प्रेस कमिनिटी रंगशालामा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन क्रिस्टेन रोमेरो र ह्यारी केनले एक/एक गोल गरे । खेलको ३७ औं मिनेटमा डेजान कुलुसेभ्स्कीको पासमा क्रिस्टेन रोमेरोले गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाए ।

यस्तै ५७ औं मिनेटमा बेन्टान्चुरको पासमा केनले गोल गर्दै टोटेन्हामलाई २-० गोलको जीत दिलाए । जीतसँगै टोटेन्हाम २८ खेलबाट ४८ अङ्क जोड्दै लिगको सातौं स्थानमा यथावत रहेको छ भने पराजित ब्रिघटन २९ खेलबाट ३३ अङ्क जोड्दै १३ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *