एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ। संघीय संसदको दुवै अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो।

दलका उपनेता सुवास नेम्वाङका अनुसार नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले अचानक संसद् अधिवेशन अन्त्य गर्नुको कारणबारे छलफल र निर्णय लिइने छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *