धनगढीमा साहित्य महोत्सव सुरू

धनगढी । कैलालीको धनगढीमा बिहीबारदेखि साहित्य महोत्सव सुरू भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भएको महोत्सव फागुन २१ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली साहित्य महोत्सव, २०७८ को बिहीबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन् । त्यस अवसरमा उनले सुदूरपश्चिमको संस्कृति, साहित्य, कलालाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म जोड्न महोत्सव फलदायी बन्ने विश्वास व्यक्त गरे ।

उनले सुदूरपश्चिम भाषा, कला, संस्कृति र साहित्यको उद्गम थलोका रूपमा रहेको उल्लेख गर्दै साहित्यका माध्ययमबाट यस क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन आवश्यक रहेको बताए ।

नेपाली भाषा संस्कृतिको उजागर गर्नका लागि यस्ता महोत्सव आयोजना गर्नु जरुरी रहेको उनको भनाइ थियो । महोत्सवमा विभिन्न ठाउँबाट २०० भन्दा बढी साहित्यकारको उपस्थिति रहेको छ ।

साहित्यकारको उपस्थितिमा थुप्रै काव्य गोष्ठी पनि सञ्चालन हुने आयोजक सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए । गजल साँझ, साङ्गीतिक साँझलगायतका कार्यक्रमको पनि आयोजना गरिने बताइएको छ । यसअघि विसं २०७६ मा धनगढीमै विश्व नेपाली साहित्य महोत्सव आयोजना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *