चीनको इशारामा कम्युनिष्ट नेता एमसीसीको विपक्षमा उभिएः वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन् । शनिबार तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिक अनावरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएकाले सहिदलाई सदैव सम्मान गर्नुपर्ने बताएका हुन् ।

स्व विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिँदै पौडेलले भने, “सहिदको परिवारलाई कांग्रेसले सधैं सम्मान गर्छ ।”

फरक प्रसङ्गमा पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसीसीका पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाए । उनले एमसीसी नेपालको हितमा रहेको र विद्युत शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले सहिदको उचित सम्मान गर्न नसकेको बताए । उनले कांग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव कांग्रेसले जित्ने बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सहिद विक्रम परियारको शालिक र पार्क निर्माणका लागि नगरपालिकाका तर्फबाट १० लाख उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *