कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसीमा माओवादीको असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा लिखित अहसमति जनाएको छ । सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएको माओवादीले आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने लिखित असहमति जनाएको हो ।

बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र सांसदद्वय जयपुरी घर्ती र रेखा शर्माले एमसीसी सम्झौता टेबल गर्ने निर्णयप्रति असहमति जनाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *