सात हजारभन्दा धेरै प्रहरीको एकै पटक सरुवा

काठमाडौं। नेपाल प्रहरीका ७ हजार ३ सय ४४ जना जवानहरूको सरुवा भएको छ । प्रहरी मुख्यालयले बुधबार बिहान ठूलो संख्यामा प्रहरी जवानहरूको सरुवा गरेको हो ।

सरुवा भएका जवानहरूले सम्बन्धित कार्यालयबाट तलब, भत्ता, रासन बुझ्नुपर्नेछ । दुई दिन अगाडि मात्रै प्रहरी मुख्यालयले तीन हजारभन्दा धेरै प्रहरी हवल्दारहरूको सरुवा गरेको थियो ।

प्रहरीको मुख्यालय नक्सालले सोमबार साँझ ३ हजार १ सय ५६ जना हवल्दारहरूको सरुवा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *